आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रकाे स्थायी समिति बैठक स्थगित भएको छ ।
यसअघि मंगलबार बसेको बैठकले बुधबार ३ बजे पुनः बैठक बस्ने निर्णय भएको थियो ।
तर, आवश्यक तयारी नपुगेका कारण आजको बैठक स्थगित भएको माओवादी केन्द्रका
प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिनुभयो ।
करदाताको घर र कार्यालयमा काठमाडौं महानगरको माइकिङ
महानगरलाई घरजग्गा र सम्पत्ति कर नबुझाउने २० ठूला करदाताको घर
र कार्यस्थलमा राजस्व विभागले माइकिङ सुरु गरेको छ ।
माइकिङ्सँगै गएको असार १६ गते कर तिर्न आउनका लागि ३० दिने सार्वजनिक सूचना जारी गरिएको थियो ।
माइकिङसँगै तोकिएको अवधिका कर तिर्न नआए त्यसपछि घर,
पसल र व्यवसायमा शिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह
राजस्व असुली गर्ने सम्बन्धी सूचना टाँस गरिएको छ ।