मैलुङ खोला जलविद्युत कम्पनीले आज साउन १४ गतेदेखि कुल
७ लाख २६ हजार २८६ कित्ता आइपीओ निष्कासन गर्ने गरेको छ ।
कम्पनीले यसमध्ये २% अर्थात १४ हजार ७२६ कित्ता सेयर
कर्मचारी र ५% ले हुने ३६ हजार ८१४ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ ।
बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
आवेदन कहिलेसम्म दिने ?
आइपीओमा साउन १४ गते देखि साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ ।
उक्त समयमा सबै आइपीओ बिक्री नभएमा भने साउन २८ गतेसम्म खुला रहने
कहाँ-कहाँबाट दिने आवेदन
लगानीकर्ताले आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मरोसेयरमार्फत
अनलाइनबाट आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।
कति दिने आवेदन ?
कम्पनीको आईपीओमा न्युनतम १० कित्ता देखी १००० कित्ता सम्म
आवेदन दिन सकिनेछ।आवेदन दिईरहेका लगानीकर्ताहरुको संख्या
हेर्दा कम्पनीको आईपिओमा १० कित्ता आवेदन दिनु उपयुक्त देखिन्छ ।
रेटिङ्ग कति
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग
नेपालले कम्पनीलाई केयर एनपी डि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ।
यसले कम्पनीले वित्तीय दायित्व पुरा नगरेको वा छिटै पुरा गर्न नसक्ने जनाउँदछ।
मैलुङ खोला जलविद्युत कम्पनीको जारी पुँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ छ । यो जलविद्युत आयोजना रसुवा जिल्लामा अवस्थित छ ।