काठमाडौँ- काठमाडौँमा आजदेखि फेरि भेरोसेल खोप लगाइँदैछ ।
महानगरपालिकाभित्र को’रोनाविरु’द्धको खोप लगाउन छुटेकालाई
आजदेखि फेरि भेरोसेलको खोप लगाउन लागिएको हो ।
पहिलो मात्रा खोप लगाउन छुटेका ५० वर्ष वा सोभन्दा
माथिका सबैलाई खोप दिन लागिएको महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
खोप लगाउन जाँदा उमेर खुल्ने परिचय पत्र लिएर जान
महानगरले अनुरोध गरेको छ । खोप प्रत्येक वडामा बिहान
१० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ ।
कांग्रेस पदाधिकारी बैठक बस्दै
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ ।
आजको बैठक पनि पार्टीको आशन्न महाधिवेशनमा केन्द्रित
हुने कांग्रेसले बताएको छ । बैठक दिउँसो २ बजे पार्टी सभापति
शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने छ ।
नेपाली कांग्रेसले कोरोनाको अवस्था हेरेर महाधिवेशनको
कार्यतालिका संशोधन गर्ने सम्बन्धमा निर्णय लिने जनाएको छ ।
बुधबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

