मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आजबाट निष्कासन गरेकाे साधारण
सेयर (आईपिओ) मा पहिलाे दिनमै मागभन्दा धेरै आवेदन परेकाे छ ।
निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बिहीबार
साँझ ५ बजेसम्म ५ लाख ७ हजार ६ सय जना
लगानीकर्ताले ७१ करोड ४३ लाख ८० हजार रुपैयाँ बराबरको
७१ लाख ४३ हजार ८०० कित्ताको लागि आवेदन दिएका छन् ।
यो सर्वसाधारणका लागि खुल्ला गरिएकाे ६ लाख ८४ हजार ७ सय ४६ कित्ता भन्दा १०.४३ गुणा धेरै आवेदन हो ।
कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ
बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन
तथा बिक्री खुल्ला गर्नका लागि नेपाल धितोपत्र बोर्डले असार २३ गते,
बुधबार अनुमति प्रदान गरेको थियो ।
जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर
कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर
सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका
लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपिओमा साउन १४ गते देखि छिटोमा साउन १८ र ढिलामा
साउन २८ गतेसम्ममा आईपिओमा आवेदन दिनु पर्ने छ ।
कम्पनीको आईपिओमा न्यूनतम १० कित्ता देखि
अधिकतम १ लाख कित्ता सम्मका लागि आवेदन दिन सकिनेछ ।