काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले साउन ५ गते, मंगलबारदेखि
आयोजना प्रभावितस्थानीलाई पुनः निष्कासन तथा बिक्री खुल्ला गरेको
साधारण सेयर (आईपीओ) भर्ने म्याद थप गरेको छ ।
आयोजना प्रभावितहरुले शेयर भर्न नपाएको गुनासो गरेपछि कम्पनीले फेरि म्याद थपेको हो ।
अब यस आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूले साउन ३२ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले पहिलो चरणमा प्रतिसेयर १०० अंकित दरका कुल ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो ।
जसमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका
वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास
गर्ने बासिन्दाहरुका लागि छुट्याइएको छ भने बाँकी ७० प्रतिशत
अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई छुट्याइएको छ ।