वासिङ्टन, (एजेन्सी) ।
को,भिड–१९ वि,रुद्धको खोपका निर्माता फाइजर बायोएनटेक कम्पनीले आफ्नो खोपको
दाश्रो डोज लगाएपछि मानिसमा चार देखि ६ महिनाभित्र ८३ दशमलव ७ प्रतिशतसम्म
शारीरिक प्रतिरोध क्षमता घ’ट्न सक्ने नयाँ तथ्यांकले देखाएको तथ्य यसै साता सार्वजनिक गरेको छ ।
खोप लगाएका व्यक्तिलाई भविष्यमा केही प्रकारको थप आवश्यक सहयोग
चाहिन सक्ने यो पछिल्लो संकेत हो । यसैगरी, फाइजर खोपबारे
बुधबार प्रकाशित नयाँ अनुसन्धान प्रतिवेदनले यसले खोप लगाएको
पहिलो दुई महिना ९६ दशमलव २ प्रतिशत,
दोश्रोदेखि चौथो महिना सम्म ९० दशमलव १ प्रतिशत र चौथो,
पाँचौं र छैटौं महिना मानव शरीरलाई को’रोना भा’इरस
सं’क्रमण हुनबाट ८३ दशमलव ७ प्रतिशत जोगाउने जनाएको छ ।
फाइजरका प्रमुख कार्यकारिणी अधिकारी अल्बर्ट बोर्लाले
दोश्रो डोज खोप लगाएको आठदेखि १२ महिनामा एउटा
बुस्टर आवश्यक पर्ने बताएका छन् ।
बढी मात्रामा फाइजर वितरित भएको इजरायलबाट प्राप्त
वास्तविक तथ्यांक र कम्पनीको आफ्नै क्लिनिकल रिसर्चअनुसार
अब बुस्टर खोप निर्माण गर्ने आधार यस पछिल्लो
प्रतिवदनले प्रदान गरेको छ ।
तर, के अहिल्यै बुस्टर खोपको आवश्यकता छ भन्ने
तत्काल सटिक उत्तर प्राप्त भइसकेको छैन ।
वालस्ट्रिट जर्नलका अनुसार यस वर्ष मात्र फाइजर
कम्पनीले खोप बिक्रीबाट ३३ अर्ब ५० करोड अमेरिकी डलर कमाउने अनुमान गरेको छ ।