पछिल्लो समय आईपीओ आम ब्यक्तीको आकर्षण बढ्दै गएको छ ।
आईपीओ भर्दा कतिपय बैंकबाट निशुल्क भर्न मिल्छ भने कतिपय बैंकले शुल्क लिने गरेका छन् ।
निःशुल्क सेवा दिने बैंकहरु
हाल राष्ट्रिय वाणिज्य, नेपाल बैंक, सिद्धार्थ बैंक,
सानिमा बैंक, एनआईसी एशिया बैंक, एनसीसी बैंक,
नबिल बैंक, मेगा बैंक, ग्लोबल आइएमई बैंक र सेञ्चुरी
कमर्सियल बैंकमा खाता रहेका ग्राहकहरुले निःशुल्क सेवा दिइरहेका छन् ।
कसको शुल्क कति ?
सी–आस्वा सेवा दिएवापत १२ वटा वाणिज्य बैंकले १ रुपैयाँदेखि १०० रुपैयाँसम्म शुल्क तय गरेका छन् ।
जसमध्ये सबैभन्दा बढी स्ट्यान्र्डड चार्डर्ट बैंकले १ सय रुपैयाँ शुल्क तोकेको छ ।
प्राइम कमर्सियल बैंक, प्रभु बैंक, नेपाल बंगलबादेश बैंक, माछापुच्छ्रे बैंक,
सिभिल बैंक, बैंक अफ काठमाण्डू, कृषि विकास बैंक र सनराइज बैंकमा
खाता रहेका लगानीकर्ताले सेयरमा आवेदन दिँदा सि(आश्वा सेवा वापत बैंकलाई प्रतिआवेदन १० रुपैयाँ बुझाउनुपर्नेछ ।
त्यसैगरी, एनएमबि बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, कुमारी बैंक,
एभरेष्ट बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, हिमालयन बैंक र कुमारी बैंकमा
खाता रहेकाहरुले २० रुपैयाँ सिआश्वा तिर्नुपर्नेछ छ ।
लक्ष्मी बैंक र नेपाल एसबिआई बैंकमा खाता रहेका
लगानीकर्ताले प्रतिआवेदन २५ रुपैयाँका दरले सि आश्वा सेवा शुल्क बुझाउनु पर्नेछ ।
स्ट्याण्डर्ड चार्टड बैंक नेपालले प्रतिआवेदन १०० रुपैयाँ सेवाशुल्क लिने गरेको छ ।

