डिसहोम नेपालले बुक बिल्डिङ बिधि मार्फत आइपीओ जारी गर्ने भएको छ।
बर्षदिन अगाडी आइपीओ निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको
डिसहोम नेपाल अब भने बुक बिल्डिङ बिधि मार्फत आइपीओ जारि गर्ने भएको हो।
यहि आर्थिक बर्षभित्र बुक बिल्डिङ बिधि मार्फत आइपीओ जारी गर्ने तयारीमा
जुटेको डिस मिडिया नेटवर्कका प्रबन्धक निर्देशक सुदीप आचार्यले बताए।
उनकाअनुसार प्रकृया केहि लामो हुने भएकाले कम्तिमा पनि यहि आर्थिक
बर्षभित्र बुक बिल्डिङ बिधि मार्फत आइपीओ
जारी गर्ने लक्ष्य सहित काम कारबाहीहरु अगाडी बढेको छ।
गत बर्ष असार ३० गते धितोपत्र बोर्डमा प्रस्ताव
गरीएअनुसार कै २३ लाख ८५ हजार ९२९ कित्ता सेयर बुक बिल्डिङ
बिधि मार्फत सर्वसाधारणको लागि बिक्रि खुला गरिने आचार्यले स्पष्ट पारे।