ललितपुर महानगरपालिकाले आज जनसम्पर्क धेरै हुने पेसा र व्यवसायमा संलग्न रहेकालाई
को’रोना भाइ’रस वि’रूद्धको जोन्सन एन्ड जोन्सन खो’प लगाउने भएको छ ।
बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, ललितपुर महानगरभित्र
कार्यक्षेत्र भएका सहकारी संस्थाका कर्मचारी, विदेश जानको
लागि भिसा र टिकट लिएका व्यक्ति, स्वास्थ्यकर्मी, सरसफाइकर्मी,
सञ्चारकर्मी तथा महानगरका उद्यमी व्यवसायीले यो खो’प पाउने महानगरपालिकाले जनाएको छ ।
पाटन ढोकाको पाटन मावि, जावलाखेल चोक र
सातदोबाटोमा रहेको महेन्द्र आदर्श माविमा खो’प केन्द्र तोकिएको छ ।