प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित भएको छ ।
यही साउन २६ गते मंगलबारसम्मका लागि संसद बैठक स्थगित
गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जनाएका छन् ।
आजको बैठकको कार्यसूचीमा खास एजेण्डा नभएपनि अधिकांश
सांसदहरुले बैठकको शून्य र विषेश समयमा जनसरोकारका कुरा उठाएका थिए ।
दार्चुलाको ब्यास गाउँपालिका वडा नंबर २ मा महाकाली नदी तर्ने
क्रममा यही साउन १४ गते भारतीय सुरक्षाबलले तुइन
का’टिदिएपछि बेपत्ता भएका जयसिंह धामीको घ’टनाबारे छानविन गर्न,
दो’षीलाई का’रवाही गर्न र पी’डितलाई क्ष’तिपूर्ति दिन सांसदहरुले माग गरेका छन् ।
संसदमा गृहमन्त्री बालकृष्ण खाणँले सरकारले ५ सदस्यीय छानविन टोली
बनाएको र १० दिनभित्रमा प्रतिवेदन आउने बताए ।
उनले प्रतिवेदनमा आएको तथ्यलाई सरकारले कडाईका साथ कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् ।