दुई पटकको बाढीले क्षतविक्षत बनाएको मेलम्ची खानेपानी आयोजनाले
काठमाडौँ उपत्यकावासीको तिर्खा मेटाउने विषय थप अन्योल बनेको छ ।
असार १ र साउन १७ गतेको बाढीले आयोजनाका भौतिक संरचनामा क्ष,ति
पु¥याएपछि आयोजना नै अनिश्चित भएको छ । लेदोसहितको
बाढीले हेडवक्स निर्माणस्थल पुरिएर बगर भएको छ ।
निर्माणस्थलमा पुग्ने सडक, हेडवक्स, पुल र सुरुङको पुनः निर्माण
नभई पानी पठाउन सकिने अवस्था छैन । मेलम्ची खानेपानी विकास समितिका सूचना
अधिकारी राजेन्द्रप्रसाद पन्तले भने, “पुरिएका सबै संरचना सफा गर्नु प¥यो ।
वैकल्पिक माध्यमबाट पानी पठाउन सकिने अवस्था हो तर त्यो पनि निर्माण गर्नुपर्छ ।
पहिला सडक बन्नुपर्छ, अब कसरी अगाडि बढ्ने भन्ने कुराको निश्चित भइसकेको छैन ।”
असार १ गतेको भन्दा साउन १७ गतेको बाढी ठूलो रहेको हेलम्बु गाउँपालिकाले जनाएको छ ।
खोलाले लेदोसहितको माटो बालुवा ल्याएर बगर क्षेत्र विस्तार गरिरहेको छ ।
खोलाको उचाइ पनि बढाइरहेको छ ।
जसले गर्दा मेलम्ची आयोजनाका हेडवक्सदेखिका सबै संरचना पुरिएका छन् । नदीले धार परिवर्तन गरेको छ ।
हेलम्बु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुहरि तिमल्सेनाले भने,
“हिमालको तल्लो भेगमा पहिरो गइरहेका छन् । भेनाथाङमा ठूलो पहिरो गइरहेको छ ।
अझै ७५ प्रतिशत त्यो पहिरो झर्न बाँकी रहेको भनिएको छ ।
त्यसले नदी थुनिने, अझै बाढी आउने सम्भावना छ ।
जुनसुकै बेला पनि बाढी आउन सक्ने अवस्था छ ।
मेलम्ची आयोजना सबै पुरिएर बगर भएको छ । ”
बाढीले आयोजनाका भौतिक संरचना पुरिएका छन् । पुलहरू बगाएका छन् ।
निर्माणस्थलमा बालुवा, ढुङ्गा् गिट्टी थुप्रिएर बगर भएको छ ।
बाढी आउने र पहिरो जाने क्रम नरोकिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
तत्काल निर्माणस्थल पुगेर काम सुरु गर्न सक्ने अवस्था छैन ।
बाटो अवरुद्ध भएका कारण कुनै पनि औजार लिएर जान सक्ने अवस्था नरहेको पन्तको भनाइ छ ।
उनका अनुसार आयोजना निर्माणस्थलमा पुग्ने पहुँचमार्ग र पुल बाढीले बगाएकाले ट्र्याक खोल्नुपर्ने अवस्था छ ।
तर वर्षात्मै ट्र्याक खुला गर्न सकिने अवस्था छैन ।
मेलम्ची बजारदेखि १६ किलोमिटर अगाडि टिम्बुअगरी खण्डमा मोटरबाटो बगाएको छ ।
सो स्थानमा नयाँ ट्र्याक खोल्नुपर्छ । समितिका अनुसार करिब आठ स्थानमा नयाँ ट्र्याक खुलाउनुपर्नेछ ।
हेडवक्स करिब १५ मिटर पुरिएको समितिले जनाएको छ ।
हेडवक्समा करिब पाँच लाख घनमिटर गिट्टी, बालुवा र ढुङ्गा थुप्रिएको छ ।
त्यसलाई हटाउन करिब ४० करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ ।
अस्थायी ड्याम र पुलहरू सबै बाढीले बगाएको छ ।
हाल सुरुङभित्र पानी भरिएको छ ।
अम्बाथानको सहायक सुरुङ टालिएर अवरुद्ध छ ।
आयोजनामा करिब तीन अर्ब बराबरको क्षति भएको प्रारम्भिक
अनुमान छ तर विस्तृत अध्ययन हुन बाँकी नै छ ।
बाढीले आयोजनाको सुरुङमा भने क्षति पु¥याएको छैन ।
आयोजनाका अनुसार माथिल्लो तटीय क्षेत्रको भौगर्भिक
अवस्थाबारे अध्ययन नगरी मेलम्ची आयोजना के हुन्छ भन्न सक्ने अवस्था छैन ।
जुनसुकै बेला लेदोसहितको बाढी आउन सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रको
अध्ययन गरी दीर्घकालीन योजना बनाउनुपर्ने आवश्यकता रहेको खानेपानी मन्त्रालयले जनाएको छ ।
गोरखापत्र दैनिकमा खबर छ ।