काठमाडौँ — नेपाली क्रिकेटको राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले
संन्यास लिएर आफू क्रिकेटबाट टाढा नभएको स्पष्ट पारेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको भोलिपल्ट (बुधबार) पत्रकार सम्मेलन गर्दै पारसले भने,
‘क्रिकेटबाट टाढिएको छैन र टाढिएको पनि छैन । मेरो भूमिकामात्रै फरक भएको हो ।’
उनले आफूले उपयुक्त समयमा संन्यास लिएको बताउँदै अगाडि भने
‘संन्यासको विषयमा मैले धेरैचोटी सोचेर नै लिएको हो ।
यो डिसिजन मैले कसैसँग सोधेर लिएको हैन । मेरो आफ्नै निर्णय हो ।’
यस्तै खड्काले क्रिकेट व्यवस्थापनमा सफल भए राजनीतिमा आउन सक्ने बताए ।
उनले भने, ‘म क्रिकेट संघमा जान्छु ।
तर संघको भूमिकामा रहने भविष्यले बताउँछ ।
आजबाट मेरो करिअर र चुनौती सुरु भएको छ ।’