काठमाण्डौ । रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ
निष्कासनका लागि प्रक्रिया अगाडि बढाएको छ।
रिलायबल लाइफ इन्स्योरेन्सले १ अर्ब २७ करोड २० लाख
रुपैयाँबराबरको आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको हो।
यसका लागि कम्पनीले गत साउन १२ गते नेपाल धितोपत्र बोर्डमा आवेदन पेस गरेको छ।
धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले अंकितमूल्यमा
११२ रुपैयाँ प्रिमियम थिपेर २१२ रुपैयाँ प्रतिकित्ता दरले आईपीओ निष्कासन गर्नेछ।
जसअनुसार कम्पनीले कुल ६० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ।
धितोपत्र बिक्री प्रबन्धकमा भने सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।
महिला विकास लघुवित्तका लगानीकर्ता फेरि पनि मालामाल ! कतिले बढ्यो नाफा ?
महिला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–७८ को चौथो त्रैमासिक
वित्तिय विवरण सार्वजनिक गरेको छ ।
यस अवधिमा १० करोड चुक्तापुँजी भएको यस लघुवित्तले ९ लाख २९ लाख खुद नाफा कमाएको छ ।
तुलनाको अवधीमा खुद नाफा १६७.८६ प्रतिशतले बृद्धि भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा ३ करोड ४७ लाख कमाएको थियो ।
यस लघुवित्तको जगेडा कोषमा २२ करोड ८ लाख रहेको छ ।
यस अवधिमा लघुवित्तले २ अर्ब २४ करोड कर्जा सापटि
र ९२ करोड ८० निक्षेप संकलन गरी ३ अर्ब ३३ करोड कर्जा विस्तार गरेको छ ।
कम्पनीको खुद व्याज आम्दानी २४ करोड ४ लाख रहेको छ भने गत
आर्थिक वर्षको सोही अवधिमा १२ करोड ८२ लाख रहेको थियो ।
कम्पनीको प्रति सेयर आम्दानी रु ९२.९८ रहेको छ
भने नेटवर्थ ३२०.९० रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ५२.३८ गुणा रहेको छ ।