काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–७८ को
चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
यस अवधिमा १० करोड चुक्तापुँजी भएको यस लघुवित्तले ९ लाख २९ लाख खुद नाफा कमाएको छ ।
तुलनाको अवधीमा खुद नाफा १६७.८६ प्रतिशतले बृद्धि भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा ३ करोड ४७ लाख कमाएको थियो ।
यस लघुवित्तको जगेडा कोषमा २२ करोड ८ लाख रहेको छ ।
यस अवधिमा लघुवित्तले २ अर्ब २४ करोड कर्जा
सापटि र ९२ करोड ८० निक्षेप संकलन गरी ३ अर्ब ३३ करोड कर्जा विस्तार गरेको छ ।
कम्पनीको खुद व्याज आम्दानी २४ करोड ४ लाख रहेको छ भने गत
आर्थिक वर्षको सोही अवधिमा १२ करोड ८२ लाख रहेको थियो ।
कम्पनीको प्रति सेयर आम्दानी रु ९२.९८ रहेको छ भने
नेटवर्थ ३२०.९० रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ५२.३८ गुणा रहेको छ ।