काठमाडौ ।मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले साउन १४ गते,
बिहीबारबाट निष्कासन गरेको साधारण सेयर आईपीओमा २१ लाख भन्दा बढीले आवेदन दिएका छन् ।
निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडका
अनुसार अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा २१ लाख
१८ हजार ९२५ जनाले आवेदकले २ करोड ८४ लाख ४१ हजार ८ सय ४० कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ
बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण
सेयर आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।
जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर
कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर
सामूहिक लगानी कोषलाई र बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणलाई छुट्याएको छ ।
बिक्री प्रबन्धकका अनुसार आउँदो साता आईपीओ बाडफाड गरिने बताएको छ ।