राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नयाँ मितिबारे १५ दिनअघि नै सूचना दिने बताएको छ ।
बोर्डले सूचना प्रकाशित गरेर १५ दिनअघि नै सूचना दिने बताएको हो ।
बोर्डले शनिबार कोभिड-१९ को महामारी बढेको भन्दै साउन ३१ गतेबाट सुरु गर्ने तय भएको १२ कक्षाको परीक्षा स्थगित गरेको थियो ।
अब परीक्षा गर्ने भन्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र को’रोना सं’कट व्यवस्थापन
केन्द्रको समन्वयमा कम्तिमा १५ दिनअघि सूचना दिएर तालिका प्रकाशन गरिने सूचनामा उल्लेख छ ।
एक दिन पर सर्यो एमालेको बैठक
पार्टीभित्रको असन्तुष्ट समूहलाई बैठकमा सहभागी बनाउने प्रयास गर्न भन्दै एमालेको
संस्थापन समूहले पार्टीको केन्द्रीय समिति र स्थायी समिति बैठक एक दिन पर सारेको छ ।
आइतबारका लागि बोलाइएको केन्द्रीय समिति र स्थायी समिति बैठक
एक दिन पर सारिएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
तामाङका अनुसार अब स्थायी समिति बैठक साउन २५ गते बिहान
११ बजे र केन्द्रीय समिति बैठक सोही दिन अपराह्न ३ बजे तुलसीलाल स्मृति भवनमा बस्नेछ ।
पार्टीमा असन्तुष्ट पक्षको वार्ता सहभागितालाई ध्यानमा राखेर बैठक एक दिन पर सारिएको र
बैठकसम्म समस्या समाधान हुने विश्वास आफूलाई रहेको सचिव तामाङले बताए ।