काठमाडौँ — अबको साफ च्याम्पियनसिप माल्दिभ्समा हुने भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघको सोमबार बसेको बैठकले यो निर्णय गरेको हो ।
प्रतियोगिताको आयोजनाका लागि दाबी पेस गर्नेमा नेपाल र भारत पनि रहेको थियो ।
महासंघको निर्णय अनुसार प्रतियोगिता अक्टोबर १ देखि १३ सम्म हुनेछ ।
यसअघि बंगलादेशले आयोजना गर्ने तय रहेको प्रतियोगिता कोभिड १९ का कारण हुन गर्न नसक्ने भएको थियो ।
नेपालले आयोजना गर्ने सम्भावना बलियो रहेता पनि महासंघ माल्दिभ्सको पक्षमा रह्यो ।
माल्दिभ्स प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन पनि हो ।
नेपालले भने प्रतियोगितामा सहभागिताका लागि तयारी सुरु गरिसकेको छ ।

