काठमाडौं उपत्यकामा बिहीबार देखि अझै कडाइका साथ निषेधाज्ञा थपिने भएको छ ।
को’रोना भाइ’रसको सं’क्रमण उपत्यकामा बढ्दै जाँदा अझै कडाइका साथ निषेधाज्ञा थप हुने भएको हो ।
बिहीबारबाट लागू हुनेगरी निषेधाज्ञा जारी गर्दै राति ८ बजेबाट अत्यावश्यक
बाहेक कुनैपनि सवारीहरु संचानल गर्न रोक लगाउने समेत निर्णय भएको छ ।
काठमाडौं उपत्यकाका ३ वटै प्रमुख जिल्ला अधिकारीहरुको
बैठकले कडाइका साथ भदौ ८ गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरेको बताइएको छ ।
अत्यावश्यक अवस्थाका सवारीहरु भने जुसुकै बेला पनि चल्न पाउनेछन् ।
पीएसजीले मेस्सीलाई सहजै अनुबन्ध गर्न नपाउने संभावना
बार्सिलोनाबाट अचानक बाहिरीएका लियोनल मेस्सीको अबको यात्रा कहाँ हुन्छ भन्ने अझै एकिन भइसकेको छैन ।
पछिल्लो पटक मेस्सीलाई पेरिस सेन्ट जर्मेनले अनुबन्ध गर्ने तयारी गरेको चर्चा चलिरहेको छ ।
तर पीएसजीले मेस्सीलाई सहज रुपमा अनुबन्ध गर्न नपाउने संभावना बढेको छ ।
पछिल्लो पटक पीएसजीमाथि कानूनी अड्चन आइपरेको छ । जसका कारण उसले मेस्सीलाई अनुबन्ध गर्न केहि समय कुर्नुपर्ने देखिएको छ ।
पीएसजीविरुद्ध स्टेट काउन्सिलमा खेलाडी अनुबन्धमा केहि समयका लागि प्रतिबन्ध लागेको भनेर अपिल गरिएको छ ।
फाइनान्सियल फेयर प्लेको कारण देखाएर पीएसजीलाई अहिले नयाँ खेलाडीलाई मोटो रकममा अनुबन्ध गर्न नपाउने भन्दै अपिल गरिएको छ ।
जुन २५ सम्मको पीएसजीको अकाउन्ट देखाएर एफएफपीको नियम उलंघन गरेको देखाइएको छ ।
यहि कुरालाई बार्सिलोनाका वकिलले पनि केहि दिन अगाडी उठाएका थिए ।
अब यो घटनाले पीएसजीलाई सहजै मेस्सीलाई बार्सिलोनामा जान नदिने रणनिती भएको आरोप लगाइएको छ।
सन् २०१९ र २० मा पीएसजीको आम्दानी र तलवको खर्च ९९ प्रतिशत फरक रहेको भनिएको छ ।
जुन बार्सिलोनाको भन्दापनि खराब रहेको बताइएको छ ।
सो बर्ष बार्सिलोनाको त्यो रेसियो ५४ प्रतिशत थियो ।

