लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका छन् ।
बुधबार विशेष अधिवेशन बस्नुअघि नै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए ।
प्रदेशसभामा बुधबार नै पोखरेल वि’रुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि छलफल हुने कार्यकालिका थियो ।
गत बैशाखमा पनि राजीनामा दिएर फेरि बहाल भएका एमाले नेता पोखरेलको अब मुख्यमन्त्रीको यात्रा टुंगिएको छ ।
पोखरेल अल्पमतमा परेपछि विपक्षी गठबन्धनले पोखरेल वि’रुद्ध अविश्वास प्रस्ताव गरेको थियो ।
लुम्बिनी प्रदेशसभाले अब नयाँ मुख्यमन्त्री चयनका लागि प्रक्रिया अघि बढाउनेछ ।
हालसम्मको राजनीतिक समिकरणका आधारमा वहुमत सांसदहरु विपक्षी गठबन्धन
तर्फका माओवादी केन्द्रका नेता कुलप्रकास केसीको पक्षमा देखिएका छन् ।
उता सर्वोच्च अदालतमा लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन वि’रुद्ध
परेको रिट संवैधानिक इजलासमा पठाउन आदेश दिइएको छ ।
न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले विशेष
अधिवेशन रोक्न माग गर्दै परेको रिटमा ग’म्भीर संवैधानिक व्याख्याको
प्रश्न देखिएको भन्दै संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ।

