सरकारले परीक्षा दिइरहेका र दिने तयारीमा रहेका विद्यार्थीलाई खोप दिने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २७ साउनमा परीक्षाको
प्रवेशपत्र देखाएर विद्यार्थीले खोप लगाउन सक्ने निर्णय गरेको हो।
विद्यार्थीलाई अष्ट्राजेनिका वा भेरोसेलमध्ये उपलब्ध कुनै एक खोपको
पहिलो मात्रा दिन स्वास्थ्य मन्त्रालयले मातहतको निकायलाई निर्देशन दिएको छ।
मन्त्रालयको निर्णयसँगै विश्वविद्यालयको विभिन्न तहको
परीक्षा दिइरहेका देशभरका विद्यार्थीले खोप लगाउन पाउने भएका हुन्।
अहिले त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर र स्नातक तहको परीक्षा सञ्चालन गरिरहेको छ।
कोरोना संक्रमणको जोखिमकै कारण राष्ट्रिय परीक्षा बोर्डले ३१ साउनदेखि
तोकिएको कक्षा १२ को परीक्षा भने स्थगित गरिसकेको छ।