को’भिड १९ वि’रुद्धको खो’प लगाएका व्यक्तिलाई पनि को’रोना सं’क्रमण हुन सक्ने भएकाले सुरक्षाका सबै उपाय अपनाउन चिकित्सकले आग्रह गरेका छन्।
खो’प लगाएपछि पनि जनस्वास्थ्य मापदण्ड पालना गरेमा मात्र सुरक्षित रहन सकिने र अरूलाई समेत सुरक्षित राख्न सकिने उनीहरूको सुझाव छ।
नेपालमा खो’प लगाएका व्यक्तिहरूले ढुक्क भएर जनस्वास्थ्य मापदण्ड उल्लंघन गरेकै कारण सं’क्रमण बढेको र
कतिपयमा जटिल स’मस्यासमेत देखिएको को’भिड १९ उपचारमा संलग्न चिकित्सकले औंल्याएका छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रो’ग अ’स्पतालका निर्देशक डा. अनुप बास्तोलाका अनुसार खो’प लगाएपछि सं’क्रमित भएर दैनिक २ देखि ३ जना यो अ’स्पतालमा आउने गरेका छन्।
दुवै डोज खो’प लिएर पनि ज’टिल स’मस्या देखिएका दुईचारजना बि’रामीले खबर गरेको सरुवा रो’ग अ’स्पतालकै
डा. शेरबहादुर पुनले बताए। चिकित्सकका अनुसार खो’प लगाएर एन्टिबडी बनिनसकेकाहरू पुनः सं’क्रमित भएर उपचारमा आएका छन्।
पहिलो डोज खो’प लगाउनेबित्तिकै सं’क्रमित भएर आउने धेरै रहेको अ’स्पतालले जनाएका छन्।
चिकित्सकका अनुसार दुवै डोज लगाए पनि खो’पले कतिपयको शरीरमा एन्टिबडी नबनेको हुन सक्छ।
त्यस्तो अवस्थामा को’रोना सं’क्रमण भई जटिल स’मस्या आउन सक्छ।
तर यस्तो संख्या कम हुने गरेको चिकित्सकले औंल्याएका छन्।
दुवै डोज लगाएको धेरै समय बितेपछि शरीरमा एन्टिबडी कम हुँदै गएमा पनि खो’प लगाएका व्यक्तिमा को’रोना सं’क्रमणले जटिल स’मस्या ल्याउन सक्छ।
खो’प लिएर शरीरमा को’भिड १९ वि’रुद्ध एन्टिबडी बनेको अवस्थामा पनि सं’क्रमित हुन्छन्।
एन्टिबडी बनेपछि सं’क्रमित हुनेहरूमा जटिल स’मस्या भने हुँदैन।
तर यस्ता व्यक्तिले परिवारका अन्य सदस्य र समुदायमा सं’क्रमण फैलाउन सक्ने हुनाले खो’प लिएका व्यक्तिहरूले पनि
जनस्वास्थ्यको मापदण्ड पालना गरेर आफू, परिवार र समुदायलाई सं’क्रमणबाट जोगाउन सक्ने चिकित्सकको सुझाव छ।
यो समाचार आजको नागरिक दैनिकमा छ ।