हालसम्मकै उच्च आवेदन परेको सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको
आईपीओको बाँडफाँड कहिले होला भन्ने सबैको चासोको विषय बनेको छ ।
हालसम्म बैंकहरूबाट आईपीओको भेरिफिकेसनको काम सक्किएको र क्यापिटलको रिपोर्ट जेनेरेट गर्ने
काम बाँकी रहेको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।
त्यसैले भोलिबाट क्यापिटलको काम गरी सकभर आउँदो आइतबार आईपीओ बाँडफाँड गर्ने तयारी रहेको छ ।
सानिमा लाईफ इन्स्योरेन्सले बुधबार साउन २० गतेदेखि आईतबार साउन २४ गते सम्म
प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो ।
जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक
लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।
अन्तिम दिनसम्म कम्पनीको आईपीओमा २४ लाख १९ हजार १ सय २७
आवेदकबाट ३ करोड ६९ लाख ४३ हजार ४ सय ४० कित्ता सेयर खरिदका
लागि आवेदन परेको जनाएको छ । यो मागभन्दा ६।८४ गुणा बढी आवेदन हो ।
गोलाप्रथाबाट बाँडफाँड गर्दा ५ लाख ४० हजार आवेदकले १० कित्ता सेयर प्राप्त गर्नेछन्भ
ने बाँकी करिब १८ लाख ५० हजार आवेदकहरुको भने हात खाली हुनेछ ।