चालु आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले
आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ ।
साउन पहिलो साता नै सार्वजनिक हुने भनिएको मौद्रिक नीति
सरकार परिवर्तनका कारण ढिलाइ भइ आज सार्वजनिक हुने भएको हो ।
मौद्रिक नीतिका विषयमा छलफल गर्न अहिले
राष्ट्र बैंकको सञ्चालक समिति बैठक बसिरहेको छ ।
राष्ट्र बैंकले दिएको जानकारी अनुसार सञ्चालक
समितिले पारित गरे पश्चात आजै मौद्रिक नीति सार्वजनिक हुनेछ ।
को’रोना म’हामा’रीका कारण स’मस्यामा परेको अर्थतन्त्र र सरकारले
लिएको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट समेतलाई
सहयोग पुग्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने जानकारी दिएको छ ।

