ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक बर्षको चौथो त्रैमासमा खुद नाफा ८०.५१ प्रतिशत बढेर १३ करोड १४ हजार रुपैयाँ गरेको छ ।
अघिल्लो आवको सोही अवधिमा कम्पनीले ७ करोड २० लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत असार मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन ६५.६७ प्रतिशत बढेर ३ अर्ब १० लाख २ हजार रुपैयाँ आर्जन गरेको छ ।
अघिल्लो आवको सोही अवधिमा कम्पनीले १ अर्ब ८१ करोड १३ लाख ८८ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
त्यस्तै, कम्पनीको कुल बीमा शुल्क आर्जन पनि ६४.७७ प्रतिशत बढेर ३ अर्ब ११ करोड ३१ लाख २ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो आवको सोही अवधिमा कम्पनीले १ अर्ब ८८ करोड ९३ लाख ६५ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ४२.८६ प्रतिशत बढेर २ अर्ब २० करोड रुपैया,
जगेडा कोष २५.५० प्रतिशत बढेर ५७ करोड ५८ लाख २६ हजार रुपैयाँ र जीवन बीमा
कोष पनि ११४१९ प्रतिशत बढेर ३ अर्ब ९८ करोड ८८ लाख १ हजार रुपैयाँ जम्मा भएको छ ।
समिक्षा अवधिमा कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा ५४ प्रतिशत बढेर ४ अर्ब ८८ करोड ७१ लाख ५० हजार रुपैंयाँ र
बीमालेख धितो कर्जा १११.६९ प्रतिशत बढेर ४६ करोड ३ लाख ४१ हजार रुपैयाँ गरेको छ ।
गत असार मसान्तसम्म कम्पनीको अभिकर्ता कमिसन ५४.७२ प्रतिशत बढेर ४६ करोड ३३ लाख ९१ हजार रुपैयाँ गरेको छ ।
कम्पनीको दाबी भुक्तानी ८५५.६१ प्रतिशत बढेर ९ करोड ४० लाख १३ हजार रुपैयाँ गरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ९१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२९.३१ रुपैयाँ रहेको छ ।