साताको पहिलो कारोबार दिन यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य उछाल आएको छ ।
आइतबार कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।
आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।
आज प्रतिकित्ता ७७ रुपैयाँ ७० पैसाले वृद्धि भई ८५४ रुपैयाँ ७० पैसा पुगेको छ ।
उक्त दिन कम्पनीको ६ करोड ८१ लाख ४३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का अनुसार ७९ हजार ७३१ कित्ता सेयर खरिदबिक्री भएको हो ।
नेप्सेका सिइओ साउदलाई बोलायो अर्थ समितिले
संसदीय समिति अन्तर्गतको अर्थ समितिले सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएका
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सिइओ चन्द्र सिंह साउदलाई छलफलको ला गि बोलाएको छ ।
सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधि मार्फत ६० लाख कित्ता साधारण सेयर निष्काशनको
तयारीमा रहेको बेला सिइओ साउदले एकाघरमा परिवाको सदस्यको नाममा सेयर खरिद गरेको
पाएपछि त्यस विषयमा छलफल गर्न नेप्सेका सिइओ साउदलाई अर्थ समितिले बोलाएको बताइएको छ ।
सिइओ साउदले पदमा बहाल रहँदा श्रीमती सुशिलाकुमारी बोहराको नाममा
१० हजार कित्ता सेयर २०७७ पुस २० गते किनेपछि
अर्थ समितिले यो विषयमा छलफलको लागि साउदलाई बोलाएको हो ।
यो विषयमा सोमबार बिहान ११ बजे अर्थ समितिमा छलफल हुने छ ।

