वीरगन्ज महानगरपालिकमा आइतबारदेखि भौतिक उपस्थितिमै विद्यालय सचांलनमा आएका छन् ।
महानगरले साउन ३१ गतेबाट विद्यालय संचालन गर्ने निर्णय गरे अनुसार नै निजी तथा सामुदायिक विद्यालयका कक्षा ८ देखि १२ सम्मको पठनपाठन सुरु गरेको हो ।
वीरगन्ज महानगरका नगर प्रमुख विजय सरावगीले गत असार १५ गतेबाट नै विद्यालय संचालन गर्ने योजना बनाए पनि
जिल्ला को’भिड–१९ सं’कट व्यवस्थापन केन्द्रको बैठकले अनुमति नदिएकोले विद्यालय संचालनमा ढिलाई भएको बताए ।
करिब ४ महिना पश्चात संचालनमा आएका विद्यालयमा विधार्थीहरुको उपस्थिति भने न्यून रहेको थियो ।
वर्षाको कारण पनि विधार्थीहरुको उल्लेख्य उपस्थिति थिएन ।
निषेधाज्ञाको बेला विद्यालय बन्द भएपछि बिधार्थीहरुको शिक्षामा नराम्रो प्रभाव पारेको थियो ।
निजी विद्यालयले आफ्ना विधार्थीहरुलाई व्यस्त बनाउन अनलाईन कक्षा संचालन गरे पनि सामुदायीक विद्यालयका विधार्थीहरु पढाईबाट वञ्चित भएका थिए ।
जसले गर्दा अभिभावकहरु निकै चिन्तित भएका थिए ।
नगर प्रमुख सरावगीले पर्सामा को’रोना नियन्त्रणमा आएपछि कक्षा संचालन गरिएको बताए ।
उनले आफूले स्थानिय सरकारको अधिकार प्रयोग गरेको भन्दै जन स्वास्थ मापदण्डको पालनाको साथ विद्यालय संचालन गरिएको जानकारी दिए ।
यता पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बीरगंज महानगरले को’रोना नियन्त्रणमा आएको भन्दै विद्यालय
संचालन सम्बन्धी कार्यढाँचा २०७७ को अनुसार विद्यालय संचालन गर्न गरेको आग्रहलाई आफूले स्विकार गरेको बताए ।
नगर प्रमुख सरावगीले स्थिति अझ सामान्य बन्दै गएपछि साना कक्षाहरु पनि संचालन गर्ने बताए ।