एनएमबि बैंक काेष प्रवर्द्धक रहेकाे तथा एनएमबि क्यापिटल लिमिटेडले
व्यवस्थापन गरेकाे २ वटा म्युचुअल फण्डहरूले लाभांश घाेषणा गरेका छन् ।
एनएमबि हाइब्रिड फण्ड एल १ र एनएमबि ५० ले गत आर्थिक वर्षको नाफाबाट
आफ्ना इकाईधनीहरूलाई वितरण गर्ने लाभांश घाेषणा गरेका हुन् ।
एनएमबि क्यापिटलकाे हिजाे (साउन ३२ गते, साेमबार)
बसेकाे सञ्चालक समितिकाे बैठकले एनएमबि हाइब्रिड फण्ड
एल १ का इकाईधनीहरूलाई करसहित २० प्रतिशत र एनएमबि ५० का
इकाईधनीहरूलाई करसहित ३० प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।
लाभांश वितरण गर्ने प्रयाेजनका लागि दुवै फण्डले भदाै १८ गते,
शुक्रबार एक दिन बुकक्लाेज गर्ने घाेषणा गरेका छन् ।
त्यसैले, भदाै १७ गतेसम्म नेप्सेमा काराेबार भई कायम इकाईधनीहरूले मात्र उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।