अरुण काबेली पावर पावर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको भदौ १ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय
अनुसार कम्पनीको अठारौ वार्षिक साधारण सभा भाद्र २६ गते, शुक्रबार कम्पनीको प्रधानकार्यालय,
ट्रेडटावर काठमांडौबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।
कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट आकर्षक आभाशं समेत घोषणा गरेको छ ।
हिजो मंगलबार बसेको संचालक समितीको बैंठकले
गत आर्थिक बर्षको मूनाफाबाट आफ्नम सेयरधनीहरुलाई १७ प्रतिशत
बोनश सेयर र ०.८९ प्रतिशत नगद लाभांश(कर प्रयोजनार्थ) वितरणको प्रस्ताव गरेको हो ।
कम्पनीले बोनश सेयर वितरण पश्चात १ः१ को अनुपातमा हकप्रद निष्काशनको प्रस्ताव समेत साधारणसभामा लैजानेछ ।
अपि पावरका लगानीकर्ताको दुबै हातमा लड्डु, लाभांश र हकप्रद जारी गर्ने
कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ भदौ १५ गतेदेखी बुकक्लोज गर्ने निर्णय समेत गरेको छ ।
त्यसैले भदौ १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुलेमात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
सभाले वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन उपर छलफल गरि पारित गर्नुका साथै
लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ ।
साथै सभाले हकप्रद निष्काशनका सम्बन्धमा नियमनकारी निकायबाट प्राप्त र्निदेशन
बमोजिमका कार्य गर्न गराउन सञ्चालक समितीलाई अख्तियारी दिने सम्बन्धी प्रस्तावहरु मथि छलफल गरी पारित गर्ने छ ।

