मानुषी लघुवित्तले साधारण सेयर आईपीओ को बाँडफाँड भोलि गर्ने तयारी गरेको छ ।
कम्पनीको बिक्रि प्रबन्धक एसबिआई मर्चेन्ट बैंकिङ्ले डाटा भेरिफिकेसनको काम
आजसम्म सम्पन्न गरेर प्रि–अलोटमेन्ट भोलि गर्ने तयारी गरिएको छ ।
डाटा भेरिफिकेशनको कार्य कति सकिन्छ त्यसमा निर्भर रहने भएको कारण
भोलि नै हुन्छ भन्ने एकिन नभएको तर सकेसम्म भोलि नै गरेर आईतबारसम्म
नतिजा सार्वजनिक गर्ने तयारी रहेको क्यापिटलले जानकारी गराएको छ ।
त्यसैले, सिडिएस र बोर्डको अनुमति भएसँगै आईतबारसम्म
बाँडफाँड सम्पन्न गरिने तयारी भइरहेको क्यापिटलले जनाएको छ ।
लघुवित्तले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता
१०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको
३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो ।
जसमध्ये ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।
लघुवित्तको आइपीओमा मागभन्दा धेरै आवेदन परेको
हुनाले कम्पनीको आईपीओ गोला प्रथाबाट बाँडफाँड हुनेछ ।
सानिमा लाईफ इन्स्योरेन्स ओपनिङ्ग रेञ्ज कति ?
सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) ले
ओपनिङ्ग रेञ्ज पाउला कति पाउला भन्ने प्रश्न आम लगानीकर्तामा उब्जिएको छ ।
कम्पनीले साउन २० गते, बुधबारदेखि साउन २४ गते आईतबारसम्म
निष्कासन गरेकाे आईपीओकाे बाँडफाँड समेत सम्पन्न भईसकेको छ ।
कम्पनीकाे आईपीओ बाँडफाँड भएपछि आईपीओ पर्ने लगानीकर्ताहरूलाई
यसको पहिलो कारोबार कतिमा होला भन्ने कुरामा चाँसो हुन थालेको छ ।
कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत भएपश्चात धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।
नेप्सेले आईपीओ सूचिकृतसँगै पहिलो कारोबारमूल्य पनि तोक्ने गर्दछ ।
सामान्यतया, नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम
१०३ रुपैयाँ १७ पैसादेखि अधिकतम ३०९ रुपैयाँ ५१ पैसासम्म
ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ ।
नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।
सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे आर्थिक
वर्ष २०७५/७६ को प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ १७ पैसा रहेको छ ।
साेही नेटवर्थकाे ३ गुणा ३०९ रुपैयाँ ५१ पैसा हुन्छ ।
कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ को अपरिष्कृत वित्तीय विवरण
भएको हुनाले आर्थिक वर्ष २०७५/७६ को नेटवर्थबाट ओपनिङ रेञ्ज ताेकिनेछ ।
सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २० गते, बुधबारदेखि साउन २४ गते
आईतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियाे ।
जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक
लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको थियाे ।
मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे ।
ग्राेलाप्रथाबाट वितरण गर्दा ५ लाख ४० हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका थिए ।
कम्पनीको आईपीओमा २४ लाख १९ हजार ८ सय ४८ आवेदकबाट
३ करोड ६९ लाख ५१ हजार ८० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो ।
कम्पनीको आईपीओले हालसम्मका सबै रेकर्डहरु ब्रेक गरेकाे थियाे ।
कम्पनीको आर्थिक वर्ष २०७६/७७ सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार प्रतिसेयर नेटवर्थ १०९ रूपैयाँ ६७ पैसा रहेको छ ।
आर्थिक वर्ष २०७९/८० सम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १३९ रूपैयाँ ३३ पैसा पुग्ने प्रक्षेपण गरिएको छ । लगानीखबर