कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरिएको भन्दै निवर्तमान
कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको पेसी सरेको छ।
न्यायधिस कुमार रेगमीको इजलासमा तोकिएको पेसी इजलास बस्न नसक्दा
आगामी मंगलबारका लागि सरेको हो। यसअघि शाक्यले आफू पदमा बहाल हुँदाहुँदै
घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको भन्दै
गत सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
गत वर्ष भदौमा घिसिङको कार्यकाल सकिएपछि मन्त्रिपरिषद् बैठकले
गत कार्तिकमा प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्यलाई नियुक्त गरेको थियो।
त्यसपछि गत माघमा कार्यकारी निर्देशक नियुक्त भएका
शाक्यलाई वर्तमान सरकारले उर्जा आयोगमा सरुवा गर्दै सो स्थानमा घिसिङलाई नियुक्त गरेको छ।