मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण
सेयर (आईपीओ) काे प्री-अलाेटमेन्ट (भदाै ३ गते, बिहीबार) सम्पन्न भएकाे छ ।
उक्त साधारण सेयर (आईपीओ) काे बाँडफाँड भदाै ७ गते, साेमबार
गर्न लागिएकाे कम्पनीकाे आईपीओकाे निष्कासन तथा बिक्री प्रबन्धक
नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्गले अर्थ संसारलाई जानकारी दिएकाे छ ।
संस्थाले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा
३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता
आईपीओ निष्कासन गरेकाे थियाे । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका
लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित
गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे ।
अन्तिम दिनसम्ममा २४ लाख ३ हजार ५५ जना आवेदकले
३ करोड ६ लाख ३२ हजार ४ सय ५० कित्ताको लागि आवेदन दिएका छन् ।
यो सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ८३.१० गुणा धेरै हो ।
मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ ।
अन्तिम तथ्यांक हेर्दा ३६ हजार ८ सय ५९ जनाले मात्र सेयर पाउने छन् ।
बाँकी २३ लाख बढी आवेदककाे हात खाली हुनेछ ।