वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ ।
शनिबार विहान ४ः४० बजे पाटन अ’स्पतालमा उनको नि’धन भएको कलाकार जीवन थापाले बताए ।
एक महिनाअघि को’रोना स’क्रमित भएका थापालाई पाटन अ’स्पताल भर्ना गरिएको थियो ।
अ’स्पतालमा उपचारकै क्रममा ६४ वर्षकाे उमेरमा थापाको निधन भएको हो ।
थापाले टेलिफिल्म हल्का रमाइलो , गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा अभिनय गरेका थिए ।
चलचित्रहरू, विज्ञापनमा पनि उनी देखिँदै आएका थिए ।
थापाका श्रीमती, एक छोरो र एक छोरी छन् ।
आज पनि धेरै स्थानमा वर्षाको सम्भावना
अहिले (शनिबार बिहान) प्रदेश १, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका
केही स्थानमा हल्कादेखि मध्यसम्म वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले शनिबार बिहान दिएको
जानकारीअनुसार आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
यस क्रममा प्रदेश नं १, बागमती , लुम्बिनी र सुदूरपश्चिम
प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना देखिएको उनले बताइन्।
यस्तै राति पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
साथै यस क्रममा प्रदेश नं १ र बागमती प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/
च’ट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको मौसमविद् शाक्यले जानकारी दिइन्।

