भिडियो सेयरिङ एप टिकटक र मोबाइल गेम पब्जी तथा फ्रि–फायरमा
प्रतिबन्ध लगाउन बंगलादेशको सर्वोच्च अदालतले त्यहाँको सरकारलाई आदेश दिएको छ ।
बालबालिकाको मानसिक स्वास्थ्यमा असर पार्ने किसिमका
अनलाईन गेम र एपहरु तत्काल प्रतिबन्ध गर्न अदालतले आदेश दिएको हो ।
अदालतले यस्ता गेम र एपमाथि प्रतिबन्ध नलगाउनुको कारण
१० दिन भित्र पेश गर्न सरकारको नाममा आदेश जारी गरेको छ ।
डेली स्टार (बंगलादेशी पत्रिका) को रिपोर्ट अनुसार यस्ता
एपमाथि प्रतिबन्ध माग गर्दे परेको रिटमा सुनुवाई गर्दै न्यायधीश
मोजिबुर रहमान मिया र न्यायधीश कमरुल हुसेन मोल्लाह
सहितको बेञ्चले यस्तो आदेश दिएको हो ।
वा र बालबालिकाको मानसिक स्वास्थ्यमा असर पार्ने एपमाथि
प्रतिबन्ध लगाउनको लागि सिफारिस गर्ने गरी प्रविधि विज्ञ, शिक्षाविद् र
अधिवक्ताहरुको समिति गठन गर्न बंगलादेशी बंगलादेश
टेलिकम्युनिकेसन एण्ड रेगुलेसन कमिसन (बीटीआरसी) लाई
आदेश दिनको लागि पनि रिट निवेदकहरुले माग गरेका छन् ।

