मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका
लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे
बाँडफाँड आज (भदाै ७ गते, साेमबार) हुने भएकाे छ ।
उक्त आईपीओकाे प्री-अलाेटमेन्ट भदाै ३ गते, बिहीबार सम्पन्न भएकाे थियाे ।
संस्थाले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता
१०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको
३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेकाे थियाे ।
जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र
५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी
कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार
५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे ।
अन्तिम दिनसम्ममा २४ लाख ३ हजार ५५ जना आवेदकले
३ करोड ६ लाख ३२ हजार ४ सय ५० कित्ताको लागि आवेदन दिएका छन् ।
यो सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ८३.१० गुणा धेरै हो ।
मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ ।
अन्तिम तथ्यांक हेर्दा ३६ हजार ८ सय ५९ जनाले मात्र सेयर पाउने छन् ।
बाँकी २३ लाख बढी आवेदककाे हात खाली हुनेछ ।