काठमाण्डाै – आज रोपाइँ जात्रा मनाइँदै छ । गाईजात्राको भोलिपल्ट काठमाण्डौ उपत्यकासहित विभिन्न ठाउँमा रोपाइँ जात्रा मनाउने गरिन्छ ।
यो जात्रा मनाउने चलन मल्लकालदेखि चलिआएको मानिन्छ ।
विशेष गरि नेवार समुदायले चैत्य, बहाल र टोलका
फलैँचामा भेला भएर रोपाइँ जात्रा मनाउने गर्छन् ।
धान रोपाइँ सकिएको खुसियालीमा यो जात्रा मनाउने गरिन्छ ।
तर ठाउँअनुसार फरक-फरक तरिकाले मनाउने चलन छ ।
टोलका मानिस भेला भएर विभिन्न बाजा बजाउँदै धान रोपे जस्तै गरेर नाच्ने गरिन्छ ।
बालबालिकालाई मिस नेवाःको सहयोग
मिस नेवाःतथा यसको आयोजक संस्था नेप्लिज फेसन होमको सक्रियतामा भीनपा–२ दोलखाका
बालबालिकालाई खाद्यान्न र स्टेसनरी सामग्री सहयोग गरिएको छ।
भीनपा–२ दोलखा बालमन्दिरका बालबालिकाका लागि नेप्लिज फेसन होम
काठमाडौंकी अध्यक्ष दोलखाली चेली हेमा मानन्धरको आयोजनामा नेपाल क्योकुसिन–सेइसिनका
इकान कराते संघ, लायन्स क्लब अफ काठमाडाै टेम्पल भ्याली क्योकुसिन कराते
संघका अध्यक्ष अशोक कुमार श्रेष्ठको विशेष सहयोगमा नेपाल बाल संगठन
दोलखाका पूर्वअध्यक्ष एवं बालमन्दिर दोलखाका विव्यास
अध्यक्ष समाजसेवी राकेश श्रेष्ठको अनुरोधमा ती सामग्री सहयोग गरिएको हो ।
नेपाल क्योकुसिन–सेइसिनका इकान कराते संघका अध्यक्ष
अशोक कुमार श्रेष्ठ, मिस नेवाः ११३९नितु डंगोल, मिस नेवाः ११४० कृषा महर्जन तथाउप–विजेता
प्रिया तण्डुकार, किड क्विन अपेक्षा शेरचन र समाजसेवी अनु उर्मिला शेरचनको सहयोगमा २५ बोरा चामल
१० थान टेबुल, ४० थान चकटी, पुस्तक, स्टेसनरी र खेलकुद सामग्री,
पोर्टेबल लाइब्रेरी, एक हजार थान मास्क लगायत बालमन्दिर र गौरीशंकर
बालगृह चरिकोटमा वितरण गरिएको छ ।
कार्यक्रम पूर्वसञ्चारमन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

