तेह्रथुम पावर कम्पनीले भोली भाद्र ९ गते बुधबार देखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्दैछ ।
कम्पनीले कुल ८ लाख कित्तामध्ये ५ प्रतिशत ४० हजार कित्ता म्युचुअल
फन्डलाई र २ प्रतिशत १६ हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरेको छ ।
बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यसमा भदौ १३ गतेसम्म आवेदन दिन सकिन्छ ।
उक्त समयसम्म सबै आइपीओ बिक्री नभएमा भने भदौ २३ गतेसम्म खुला रहनेछ ।
तेह्रथुमको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ ।
प्रतिकित्ता १०० रुपैयाँमा आइपीओ भर्न सकिन्छ । यसमा एनआइबीएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
लगानीकर्ताले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् ।
मेरो सेयर एपमार्फत अनलाइन आवेदन पनि दिन सकिन्छ ।
रेटिङ एजेन्सी इक्रा नेपालले तेह्रथुम पावरलाई वित्तीय दायित्व पूरा गर्ने
सम्बन्धमा मध्यम जोखिम रहेको जनाउने रेटिङ दिएको छ ।
तेह्रथुम पावरले तेह्रथुम जिल्लामा ७.५ मेगावाटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ ।
तेह्रथुम पावर कम्पनी जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ३४ करोड १७ लाख रुपैयाँ रहेको छ ।
तेह्रथुम पावर कम्पनीको प्रतिमेगावाट लागत भने १७ करोड ८८ लाख रुपैयाँ छ ।
कम्पनीले साउन ५ देखि १९ गतेसम्म आयोजना प्रभावित स्थानीयलाई ४ लाख कित्ता आइपीओ बिक्री गरेको थियो ।
सर्वसाधारणलाई पनि आइपीओ बिक्री गरिसकेपछि यसकोे चुक्ता पुँजी ४० करोड रुपैयाँ पुग्नेछ ।

