तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधार शेयर
(आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आज भदौ ९ गतेदेखि
सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य
बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।
कुल निष्काशनमा आउने ८ लाख कित्तामध्ये १६ हजार कित्ता
कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता शेयर म्युचुअल
फण्डहरुका लागि छुट्याइएको छ भने ७ लाख ४४ हजार
कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
आईपीओका लागि भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
आवेदकहरुको संख्या ठूलो हुने भएकाले न्युनतम १० कित्ताका लागि आवेदन दिए पुग्नेछ ।

