केही समयअघि आईपीओ निष्कासन गरेकाे महिला लघुवित्त वित्तीय संस्था लिमिटेड र भर्खरै मात्र
आईपीओ निष्कासन गरेकाे जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड दुवै संस्थाले आआफ्नो
गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।
दाेश्राे बजारमा महिला लघुवित्तकाे सेयरमूल्य ५ हजार ७ सय ४९ रूपैयाँसम्म पुगेकाे
भएर जीवन विकास लघुवित्तकाे सेयरमूल्य पनि लगभग यहाँसम्म पुग्ने लगानीकर्ताहरूले अनुमान गरेका छन् ।
त्यसैले यी दुई संस्थाहरूकाे वित्तीय विवरण तुलना गरेर हेर्दा प्राय सबै प्रमुख वित्तीय सूचकहरूमा जीवन विकास लघुवित्त अब्बल देखिएकाे छ ।
चुक्ता पूँजीकाे आधारमा
जीवन विकास लघुवित्त चुक्ता पूँजीकाे आधारमा महिला लघुवित्त भन्दा अगाडी छ ।
गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा जीवन विकास लघुवित्तकाे चुक्ता
पूँजी ६० करोड ८४ लाख रूपैयाँ छ भने महिला लघुवित्तकाे चुक्ता पूँजी भने १० कराेड रूपैयाँ छ ।
जगेडा काेषकाे आधारमा
असार मसान्तसम्मको बिवरणमा जीवन विकास लघुवित्तकाे जगेडा कोषमा १ अर्ब ३० कराेड ९४ लाख रुपैयाँ सञ्चित छ
उता महिला लघुवित्तकाे जगेडा काेषमा २२ कराेड ८ लाख रूपैयाँ सञ्चित छ ।
जीवन विकास लघुवित्त जगेडा काेषमा पनि महिला लघुबित्त भन्दा नै अब्बल छ ।
खुद नाफा
गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ६८ करोड ९५ लाख ५८ हजार
रुपैयाँ खुद नाफा आर्जन गर्न सफल हुँदा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ९ करोड २९ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ ।
खुद व्याज आम्दानी
असार मसान्तसम्ममा जीवन विकास लघुवित्तले १ अर्ब ४१ करोड ६७ लाख ११ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले २४ करोड ४ लाख ८३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।
सञ्चालन नाफा
जीवन विकास लघुवित्तले ३८ कराेड ३७ लाख ४१ हजार रूपैयाँ सञ्चालन मुनाफा गर्दा महिला लघुवित्त वित्तीय
संस्था लिमिटेडले १० करोड ६० लाख ८५ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको छ ।
राइट ब्याक
गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ६७ कराेड १७ लाख १६ हजार रूपैयाँ
राइट ब्याक गर्दा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ कराेड १५ लाख ६ हजार रूपैयाँ राइट ब्याक गरेकाे छ ।
प्रतिसेयर आम्दानी
जीवन विकास लघुवित्तको असार मसान्तसम्म प्रतिसेयर आम्दानी ११३ रूपैयाँ ३४ पैसा पुगेकाे छ ।
यता महिला लघुवित्तकाे प्रतिसेयर आम्दानी ९२ रुपैयाँ ९८ पैसा रहेकाे छ ।
प्रतिसेयर नेटवर्थ
गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म महिला लघुवित्तकाे प्रतिसेयर नेटवर्थ ३२० रुपैयाँ ९० पैसा पुग्दा
जीवन विकास लघुवित्तकाे प्रतिसेयर नेटवर्थ ३१५ रूपैयाँ २२ पैसा रहेकाे छ ।
प्रती सेयर आम्दानिमा भने महिला लघुवित्त जीवन विकास भन्दा अब्बल रहेको छ ।
मूल्य आम्दानी अनुपात (पीइ रेसियाे)
महिला लघुवित्तकाे मूल्य आम्दानी अनुपात ५२.३८ गुणा रहेको छ भने जीवन विकास लघुवित्त मूल्य आम्दानी अनुपात २१.६३ गुणा रहेकाे छ ।