गत साउनमा आइपीओ निस्कासन गरेको सानिमा लाईफ इन्स्योरेन्सको सेयर सूचीकृत गर्ने कार्य अन्तिम चरणमा पुगेकाे छ ।
कम्पनीले दिएको जानकारी अनुसार यो हप्तामा द्रोसो बजारमा कारोबार गर्ने गरी तयारी अघि बढाएको कम्पनीले जनाएको छ ।
कम्पनीले साउन २० गतेबाट एक सय रुपैयाँ अंकति दरमा ६० करोड रुपैयाँ बराबरको
६० लाख कित्ता आइपीओ निष्काशन तथा विक्री गरेको थियो हो ।
जसमध्ये कम्पनीले ३ लाख कित्ता अर्थात ५ प्रतिशत कर्मचारी र ३ लाख कित्ता अर्थात ५ प्रतिशत नै सामुहकि लगानी कोषका
लागि सुरक्षित गरिएको थियो । र बाँकि ५४ लाख कित्ता सर्वसाधरणका लागि छुटाइएको थियो ।
केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार मध्यम किसिमको सुरक्षाको संकेत गर्ने
केयरएनपि आइआर ट्रिपल बि माइनस’ प्राप्त गरेको छ ।
आइपीओमा २४ लाख १९ हजार १२७ जना आवेदकबाट ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ताका लागि आवेदन परेको थियो ।
उक्त शेयर १० कित्ताको दरले ५ लाख ४० हजार जना आबेदकले पाउनेछन ।
हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ ।
प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।
नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १०३ रुपैयाँ १७ पैसादेखि
अधिकतम ३०९ रुपैयाँ ५१ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ ।
नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।
सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे आर्थिक वर्ष २०७५/७६ को प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ १७ पैसा रहेको छ ।
साेही नेटवर्थकाे ३ गुणा ३०९ रुपैयाँ ५१ पैसा हुन्छ ।
कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ को अपरिष्कृत वित्तीय विवरण भएको हुनाले आर्थिक वर्ष २०७५/७६ को नेटवर्थबाट ओपनिङ रेञ्ज ताेकिनेछ ।
कम्पनीको आर्थिक वर्ष २०७६/७७ सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार
प्रतिसेयर नेटवर्थ १०९ रूपैयाँ ६७ पैसा रहेको छ । आर्थिक वर्ष २०७९/८० सम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १३९ रूपैयाँ ३३ पैसा पुग्ने प्रक्षेपण गरिएको छ ।
यसैगरी मैलुङ खाेलाकाे सेयर सूचिकरण हुन बाँकी रहेकाे छ ।
कम्पनीले साउन १४ गते देखि निष्काशन गरेको शेयर साउन २६ गते बाँडफाँड गरेको थियो ।
कम्पनीले निष्काशन गरेको शेयर बाँडफाँट भएको दुई साता भन्दा धेरै भैसक्दा पनि अझै नेप्सेमा सूचीकृत भएको छैन् ।
शेयर रजिष्टार परिवर्तन हुदाँ शेयर सूचीकरणमा ढिलाई भएको कम्पनीले जनाएको छ ।
कम्पनी सचीव लुमिना तुलाधारका अनुसार अब शेयर राजिष्टारको काम बिओके क्यापिटलले गर्नेछ ।
यस अघि कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको थियो ।