म’हामा’रीका कारण लामो समयदेखि सप्तरीमा बन्द रहेका विद्यालय सञ्चालन गर्ने तयारी गरिएको छ ।
स्वास्थ्य मापदण्डको पालना गरी १८ वटै स्थानीय तहका विद्यालय सञ्चालन गर्न छलफल सुरु गरिएको हो ।
विद्यालय सञ्चालन गर्ने विषयमा स्थानीय तहका प्रमुखहरू छलफलमा जुटेका हुन् ।
जिल्ला समवन्य समितिमा बसेको स्थानीय तहका प्रमुखको बैठकले विद्यालय सञ्चालनबारे
छलफल गरेको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले जानकारी दिनुभयो ।
छलफलमा जिल्लामा हाल कोरोना महामारीको सङ्ख्या न्यून देखिएकाले विद्यालय सञ्चालन गर्नेबारे
गहनरूपमा बहस भएको जनाउँदै स्वास्थ्य मापदण्डको पालना गरी तत्काल विद्यालय सञ्चालन गर्न सकिने बताउनुभयो।
नेपाल विद्युत् प्राधिकरणले सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्राधिकरण प्रमुख कुलमान घिसिङ तातेका छन् ।
उनले जनतालाई अप्ठ्यारो नहोस् भन्दै देशभरका कर्मचारीहरुलाई कडा निर्देशन दिएका हुन् ।
विना जानकारी झ्याप्प–झ्याप्प बत्ती जाने गरेको, नयाँ बत्ती जडानका लागि मिटर पाउन छोडेको,
नो लाइटमा फोन गर्दा फोन नउठाउने जस्ता गुनासो आउन थालेपछि यस्ता स’मस्या समाधान गरी सेवा प्रवाहमा सुधार ल्याउन प्राधिकरण व्यवस्थापनले पहल सुरु गरेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज सोमवार ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक सेवा निर्देशनालयका
उपकार्यकारी निर्देशक, सात वटै प्रादेशिक कार्यालय, प्रदेश डिभिजन कार्यालय र शाखाका प्रमुखसँग भर्चुअल बैठक राखी कार्यालयहरूले ब्यहोरिरहेका
स’मस्याका बारेमा छलफल गरी गुणस्तरीय विद्युत् आपूर्ति, सेवा प्रवाहमा सुधार, सुशासन कायम गर्न कठोर बन्न निर्देशन दिएका छन्।

