काठमाडौं । नेपालले आज भारतसाग मैत्रीपूर्ण फुटबल खेल्दैछ ।
यो खेल साँझ साँढे ५ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ ।
एन्फाले यो खेलमा रंगशालको झण्डै एक तिहाई क्षमता
अर्थात ५ हजार १ सय दर्शकलाई रंगशालामै उपस्थित भएर खेल हेर्न दिने भएको छ ।
तर, खेल हेर्ने दर्शकले कोभिडको पूर्ण खोप लगाएको वा को’रोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको देखाउनु पर्नेछ ।
नेपालले भारतसँग दुईवटा मैत्रिपूर्ण खेल खेल खेल्न लागेको हो ।
दोस्रो खेल आगामि आइतवार हुनेछ ।
असोजमा माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको
तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।