काठमाडौ । केही दिन अघि मात्रै ठूलाे संख्यामा आइपीओ जारी गरेकाे
तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँडकाे नतिजाकाे पर्खाईमा धेरै रहेका छन् ।
अत्याधिक संख्यामा आवेलन परेकाले यसमा पनि भाग्यकै भर हुनेछ ।
तेह्रथुम पावर कम्पनी लिमिटेडको आइपीओमा झन्डै २३ लाख
आवेदकले ३ अर्ब १० करोड ९२ लाख रूपैयाँ बराबरको ३ करोड १० लाख ९२ हजार ३० कित्ता
शेयर खरिदका लागि आवेदन दिएको बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी दिएको छ ।
यस कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो ।
कम्पनीले बिक्रीमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत ( १६,०००) कित्ता शेयर कर्मचारीहरुका
लागि र ५ प्रतिशत ( ४०,००० ) कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर
बाँकी रहने ७ लाख ४४ हजार कित्ता शेयर सर्वसाधारणमा लागि बिक्री खुल्ला गरेको थियो ।
कुल आवेदक मध्ये ७४ हजार ४ सय आवेदकले १०-१० कित्ताको दरले सेयर हात पार्नेछन
भने बाँकी रहेका २३ लाख भन्दा बढिको यो पटक पनि हात खाली नै रहने छ ।
तेह्रथुम पावर कम्पनी लिमिटेडको हाल कम्पनीको चुक्ता पूँजी २८ करोड रुपैयाँ रहेको छ ।
स्थानियलाई ४ करोड रुपैयाँ र सर्वसाधारणलाई ८ करोड रुपैयाँ बराबरको आईपीओ
निष्काशन पछि यस कम्पनीको चुक्ता ४० करोड रुपैयाँ पुग्नेछ ।
आइपियोको अहिले भेरिफाई भईरहेको एनआईविएल एस क्यापिटलले जानकारी दिएको हो ।
भेरिफाइको सम्पूर्ण काम सकेर बोर्डमा दिने तयारी भईरहेको र बोर्डले अनुमति दिएमा
कम्पनीको आइपीओ बाँडफाँड आइतबार सम्म हुने सम्भावना रहेको छ।