साहस उर्जा लिमिटेडले यही असोज ६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो ।
यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७० लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ।
निष्काशन गरिने कुल शेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका
लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
सर्वसाधारणले बाँकी ६४ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
सो शेयरमा सर्वसाधारणले असोज १० गतेसम्म आवेदन दिन सकिनेछ ।
सो अवधिमा पूर्ण आवेदन नपरेमा असोज २० गतेसम्म आवेदन दिने मिति लम्बिनेछ ।
सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।
यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण
सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
यो पनि पढ्नुहोस् :
अहिलेसम्मकै ठूलो आइपिओ ल्याउने घोषणा
सरकारले सार्वजनिक संस्थानको आईपिओ जारी गर्ने भएको छ ।
बजेट प्रतिस्थापन विधयेक प्रस्तुत गर्दै अर्थ मन्त्री जनार्दन शर्माले सम्भाव्य सार्वजनिक संस्थानलाई
आवश्यकताका आधारमा कम्पनी मोडलमा ल्याई पुंजीबजारमा सुचिकृत गराउने बताएका हुन् ।
उनले यी संस्थानलाई कम्पनी मोडलमा लगेर पुंजीबजारमा सुचिकृत गर्दै आत्मानिर्भर बनाउदै थप पुंजी जुटाउने घोषणा गरेका हुन् ।
उनले घाटामा गएका सार्वजनिक संस्थानलाई ब्यबस्थापकिय सुधार गर्ने, खारेज गर्ने वा अन्य विकल्पमा लैजाने घोषणा गरेका हुन् ।
ओली सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्न सरकारले संसदमा बजेट प्रतिस्थापन विधेयक पेस गरेको हो ।
शुक्रबार बसेको तेस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रतिस्थापन विधेयक पेस गरेका हुन् ।
प्रमुख प्रतिपक्षी दल एमालेकै अवरोधकाबीच अर्थमन्त्री शर्माले बजेट प्रतिस्थापन विधेयक पेस गरेका हुन् ।
उनले ओली सरकारका अर्थ मन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटमाथि हेरफेर गरेर प्रतिस्थापन विधेयक पेस गरेका हुन् ।
सरकारले फास्ट ट्र्याकबाट बजेट प्रतिस्थापन विधेयक पारित गर्ने तयारी गरेको छ।
नियम निलम्बन गरेर बजेट पारित गर्ने सरकारको तयारी छ।
सार्वजनिक संस्थानहरुमा नेपाल आयल निगम र नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगम, अन्य ठूला कारखानाहरु लगायतका रहेका छन् ।
ती सार्वजनिक संस्थानहरुले आईपीओ जारी गरेमा धेरै कित्ता भएकाे ठूलाे आईपीओ जारी सेयर बजारमा आउने छन् ।