भदौ ९ गते बुधबारबाट भदौ १३ गते आइतबारसम्म तेह्रथुम पावर कम्पनी लिमिटेडले
निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड भदौ २५ गते शुक्रबार भइसकेकाे छ ।
कम्पनीकाे आईपीओ बाँडफाँड भएपछि आईपीओ पर्ने लगानीकर्ताहरूलाई
कम्पनीकाे आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासाेकाे विषय बनेकाे छ । त्यसैले यहाँ हामी साेही विषयमा कुरा गर्नेछाैँ ।
नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८४ रूपैयाँ ७४ पैसादेखि
अधिकतम २५४ रुपैयाँ २२ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ ।
नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।
तेह्रथुम पावर कम्पनी लिमिटेडकाे आर्थिक वर्ष २०७६/७७ को प्रतिसेयर नेटवर्थ ८४ रूपैयाँ ७४ पैसा रहेको छ ।
साेही नेटवर्थकाे ३ गुणा २५४ रुपैयाँ २२ पैसा हुन्छ ।
कम्पनीले भदौ ९ गते, बुधबारबाट भदौ १३ गते, आइतबारसम्म जारी पूँजीको २० प्रतिशत
अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर (आईपीओ) बिक्री खुल्ला गरेको थियो ।
जसमध्ये ५५ अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २५ अर्थात् १६ हजार कित्ता
कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।
मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे ।
जस अनुसार ७४ हजार ४ सय जना आवेदकहरूले १० कित्ताका दरले सेयर हात पारेका थिए ।
बाँकी २२ लाख ८१ हजार ४७ जनाको भने हात खाली भएकाे थियाे ।
अन्तिम दिनसम्म २३ लाख ५५ हजार ७ सय ४७ जना आवेदकले
२ करोड ९३ लाख ७८ हजार ४ सय कित्ताका लागि आवेदन दिएका थिए ।
जसमध्ये ८ हजार ८ सय २० जनाको आवेदन रद्द भएको छ । बाँकी २३ लाख ४६ हजार ६ सय २७ जनाको आवेदन मात्र योग्य थियाे ।

