नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको संचालक समितिको
बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो।
जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजी २०अर्बको ८.५प्रतिशतले हुन आउने नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले स्वीकृति दिएपछि बैंकको आगामी
साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । बैंकले पहिलो पटक लाभांश घोषणा गरेको हो ।
साहस उर्जाको ७० लाख कित्ता आईपीओ आजदेखि
साहस उर्जा लिमिटेडको ७० लाख कित्ता साधारण सेयर (आईपीओ)
मा आज असोज ६ गतेदेखि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीले पहिलो चरणमा साउन २९ गतेदेखि पहिलो चरणमा आयोजना
प्रभावित क्षेत्रका स्थानीयका आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि
प्रतिकित्ता १०० रुपैयाँ अंकितदरमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५
लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री
खुल्ला गर्नका लागि मंसिर २४ गते, बुधबार सेबोनमा निवेदन पेश गरेको थियो ।
कम्पनीले ३५ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानियहरुका लागि बिक्री गरिसकेको छ ।
कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो ।

