काठमाडौं । सानिमा बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले सो लाभांश प्रस्ताव गरेको हो ।
बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।
प्रस्तावित लाभांश नगद लाभांश कर प्रयोजनका लागि सेयरधनीलाई बैंकले दिने भएको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन् ।
गत आवको आसार मसान्तसम्म बैंकले १ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको थियो भने हाल बैंकको ९ अर्ब ६८ करोड रुपैयाँ चुक्तापुँजी कायम छ ।
यो पनि पढ्नुहोस् :
माछापुच्छ्रे बैंकले लाभांस कति दिँदैछ ?
बैंकहरुमा सबैभन्दा पहिला माछापुच्छ्रे बैंकले सेयरधनीलाई लगानीकर्ता दिने लाभांश घोषणा गरेको छ ।
बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १४ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।
गतवर्षका नाफाबाट १४ प्रतिशत लाभांश दिने निर्णय गरेको बैंकका एक सञ्चालकले जानकारी दिए ।
बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन् । गत आर्थिक वर्षमा १ अर्ब ६० करोड रुपैयाँ बैंकले नाफा गरेको हो ।
बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रहेको छ ।
राष्ट्र बैंकले लाभांश स्वीकृति दिएपछि साधारणसभाले पारित गरेमा बैंकको चुक्ता पूँजी १० अर्ब ७६ करोड हुन्छ ।
माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६२ वटा शाखाहरु र १७५ शाखारहित बैकिङ सेवा, ७ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३४४ स्थानवाट १० लाखभन्दा बढी ग्राहक महानुभावहरुमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।
साथै, बैंकको देशभर २०३ वटा एटीएमहरु संचालनमा छन् ।

