नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (आइतबार) मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ ।
स्टकका अनुसार संस्थाकाे १० लाख ९३ हजार ७ सय ५० कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे हाे ।
नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १३२ रुपैयाँ ६९ पैसादेखि अधिकतम ३९८ रुपैयाँ ०७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।
संस्थाले दाेश्राे बजारमा काराेबारका लागि MLBS सिम्बाेल पाएकाे छ । अब भाेलि साेमबारबाट दाेश्राे बजारमा काराेबार सुरू हुनेछ ।
संस्थाले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेकाे थियाे ।
जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने
बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे ।
मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे ।
अन्तिम दिनसम्ममा २३ लाख ६१ हजार ८ सय २७ जना आवेदकले आवेदन दिएकोमा ७ हजार ४३ जनाको आवेदन रद्द भएको थियाे ।
त्यसैले बाँडफाँडमा २३ लाख ५४ हजार ७ सय ८४ जना याेग्य आवेदकलाई समावेश गराइएकाे थियाे ।
गोलाप्रथाबाट वितरण गर्दा ३६ हजार ८ सय ५९ जनाले १० कित्ता सेयर पाएका थिए ।
जसमध्ये ३ जना आवेदकले थप १ कित्ता गरेर कूल ११ कित्ता सेयर पाएका थिए । बाँकी २३ लाख २४ हजार आवेदकको भने हात खाली भएकाे थियाे ।
मानुषी लघुवित्त वित्तीय संस्था कम्पनी ऐन २०६३ तथा बैंक तथा वित्तीय संस्था ऐन २०७३ अन्तर्गत स्थापित संस्था हो ।
लघुवित्त २०७५ असार १० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भएको हो ।
यस्तै संस्थाले २०७५ असाेज २५ गतेदेखि नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबारको लागि अनुमति पाएर २०७५ मंसिर १ गतेदेखि कारोबार सुरु गरेको थियो ।
नेप्सेले लघुवित्तको शेयर दोश्रो बजारमा कारोबारका लागि एमएलबिएस (MLBS) कारोबार संकेत (सिम्बोल) दिएको छ ।
पहिलो कारोबारका लागि नेप्सेले पछिल्लो परिष्कृत वित्तीय विवरणमा कायम प्रतिशेयर नेटवर्थलाई आधार मानेर प्रतिशेयर न्युनतम १३२.६९ रुपैयाँदेखि अधिकतम ३९८.०७ रुपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) कुनैपनि नयाँ कम्पनीलाई उसको लेखापरीक्षण भएको प्रतिशवेदनमा कायम प्रतिशेयर नेटवर्थलाई न्यूनतम र प्रतिशेयर नेटवर्थको तीन गुणालाई अधिकतम कारोबार रेञ्ज तोक्ने गरेको छ ।
मानुषी लघुवित्तलाई पनि सोही बमोजिम पहिलो कारोबारका लागि ३९८ रुपैयाँसम्मको अधिकतम कारोबार रेञ्ज दिइएको हो ।
लघुवित्तले साउन २७ देखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको थियो ।

