मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि असोज २० गतेबाट साधारण सेयर(आईपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।
कम्पनीको पहिलो चरणको आयोजना प्रभावित हरुका लागि छुट्याइएको आईपीओको बाँडफाँड आज सोमबार सम्पन्न भएको हो ।
कम्पनीले सर्बसाधारणलाई बाँकी ९० लाख कित्ता सेयर निष्काशन गर्ने छ ।
यस आईपिओमा सर्बसाधारणले असोज २० गतेदेखि असोज २५ गतेसम्म आवेदन दिन सक्ने छन् ।
केयर रेटिङ नेपालले कम्पनीको आईपिओलाई केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ।
यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो।
जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको निष्कासन गरेको हो ।
कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता निष्कासन गर्नेछ।
बुद्धभुमि नेपाल हाइड्रोपावरकाे आईपीओमा पहिलाे दिनमै आवेदनकाे ठूलाे आईराे, यति धेरै आवेदन परे
बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले असोज ११ गतेदेखि सर्वसाधारणका लागि बिक्रिमा ल्याएको आईपीओमा पहिलो दिनमा नै साढे ४ लाख बढी आवेदकले आवेदन दिएका छन्।
बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार सोमबार बेलुका ५ बजेसम्ममा कम्पनीको आइपीओमा ४ लाख ५३ हजार ७७८ जना आवेदकले ५९ लाख ४९ हजार ९४० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्।
कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएका हो।
निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
सर्वसाधारणले बाँकी ७ लाख ४४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
सो शेयरमा सर्वसाधारणले असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ। शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ।
यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

