न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्कासन खुला गरेको छ।
कम्पनीले प्रतिकित्ता १०० अंकित दरका २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन खुला गरेको हो।
निष्कासन गरिने कुल सेयरमध्ये २ प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र
५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
उक्त आईपीओमा सर्वसाधारणले असोज १९ गतेसम्म आवेदन दिन सकिनेछ।
सो अवधिमा पूर्ण आवेदन नपरेमा असोज ३१ गतेसम्म आवेदन दिन सक्नेछन्।
आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता सेयर खरीदका लागि आवेदन दिन सकिनेछ।
रिज लाइन इनर्जीले पनि आइपिओ जारी गर्दै
रिज लाइन इनर्जी पौने २१ लाख बढी कित्ता आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले अधिकृत तथा जारी पुँजी ६९ करोड ४२ लाख ९० हजार रुपैयाँको ३० प्रतिशतले आउने २० करोड ८२ लाख ८७ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २० लाख ८२ हजार ८७० कित्ता आईपीओ जारी गर्नेछ ।
यसैबीच कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
नियुक्तिसम्बन्धी सम्झौतापत्रमा आज रिज लाइन इनर्जीका तर्फबाट वसन्त गिरी र प्रभु क्यापिटका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।
यो कम्पनीले गोरखा जिल्लाको अजिरकोट–२ मा रहेको चेपे नदीमा सुपर चेपे हाइड्रापावर आयोजना निर्माण गरिरहेको छ ।
यो आयोजनाको क्षमता ९।०५ मेगावाट रहेको छ ।
याे पनि : रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासनका लागि प्रक्रिया अगाडि बढाएको छ ।
रिलायबल लाइफ इन्स्योरेन्सले १ अर्ब २७ करोड २० लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको हो ।
यसका लागि कम्पनीले गत साउन १२ गते नेपाल धितोपत्र बोर्डमा आवेदन पेस गरेको छ । धितोपत्र बिक्री प्रबन्धकमा भने सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
यसैगरी रिलायबल नेपाल इन्स्योरेन्स लिमिटेडले गत आर्थिक बर्ष सामान्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ।
रिलायबलले अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष ५.३९ प्रतिशतले खुद मुनाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको हो।
रिलायबलले सार्वजनिक गरेको अन डिटेड वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक बर्षको तुलानामा गत आर्थिक बर्ष खुद मुनाफा १ करोड १६ लाखले बढेर २१ करोड ४३ लाख पुगेको छ।
रिलायबलको चुक्ता पुंजी १ अर्ब ४० करोड छ भने उसको जगेडामा ८४ करोड ३५ लाख रहेको छ।
रिलायबलको जीवन बीमा कोष २ अर्ब ५८ करोड पुगेको छ। रिलायबलको नेट प्रिमियम ८८.०१ प्रतिशतले बढेर २ अर्ब ९५ करोड पुगेको छ।
जुन अघिल्लो आर्थिक बर्ष १ अर्ब ५७ करोड थियो। त्यस्तै मुख्य आम्दानी नेट प्रिमियमको साथ साथै रिलायबलले लगानी, कर्जा लगानी तथा अन्य माध्यमबाट ३६ करोड ९१ लाख रुपैयाँ आर्जन गरेको छ।
गत आर्थिक बर्ष रिलायबलको खुद दाबी १२३.६३ प्रतिशतले बढेर ६७ करोड ९८ लाख पुगेको छ भने यस अवधिमा रिलायबलको पोलिसी सङ्ख्या बढेर ३६ लाख ९ हजार ६७८ पुगेको छ।
यस अवधिमा रिलायबलको प्रति सेयर आम्दानी १६ रुपैयाँ १४ पैसा र प्रति सेयर नेटवर्थ १६५ रुपैयाँ ९६ पैसा रहेको छ।
रिलायबल नेपालले प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले अंकित मूल्य १०० मा ११२ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २१२ रुपैयाँमा आईपिओ निष्काशन गर्नको लागि अनुमति माग गरेको हो ।
कम्पनीले सर्वसाधरणलाई ६० लाख कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति माग गरेको हो। हाल कम्पनीको १ अर्ब ४० करोड रुपैयाँ छ भने आईपिओ निष्काशनपछि २ अर्ब पुग्ने छ।

