साहस उर्जा लिमिटेडको आईपीओ आज (आइतबार) बाँडफाँट हुने भएको छ।
कम्पनीले असोज ६ गतेदेखि १० गतेसम्म सर्वसाधारणको लागि सेयर निष्कासन गरेको थियो।
आइतबार बिहान ९ बजे आईपीओ बाँडफाँट हुने कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ।
कम्पनीको सेयरको प्रिअलटमेन्ट शुक्रबार गरिएको थियो।
कम्पनीको आईपीओमा २४ लाख ७४ हजार ४३६ आवेदकबाट ३ करोड ४४ लाख ९८ हजार ३९० कित्तासेयर माग भएको छ।
यो सर्वसाधारणलाई निष्कासन गरेको ६४ लाख ४० हजार कित्ता सेयरको ५.३५ गुण बढी हो।
कम्पनीले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता सेयर निष्काशनमा ल्याएको थियो।
त्यसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता
सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ६४ लाख ४० हजार कित्ता सेयर मात्रै सर्वसाधारणलाई वितरण हुनेछ।
नतिजा बिकी प्रबन्धक एनआईबिएल एस क्यापिटलको वेबसाइट https://niblcapital.com
सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login
सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।
ओपनिङ मूल्यनै १००० हुन सक्ने आईपीओ आउँदै
नेपाली सेयर बजारमा धमाधम साधार सेयर निष्काशन निरन्तर भईरहेका छन् । सोही अनुसार फेरि एक कम्पनीको आईपीओ निष्कासन हुने भएको छ ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको हो ।
संस्थाले सर्वसाधारणको लागि ५ करोड बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कास्की जिल्लाको पोखरा महानगरपालिकाको सिमलाचौरमा प्रधान कार्यालय भई हाल २० जिल्लामा लघुवित्त व्यवसाय सञ्चालन गरिरहेको छ ।
संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा थप ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई साधारण शेयर निष्कासन गरेपश्चात चुक्ता पूँजी १६ करोड रुपैयाँ हुनेछ ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको ईपीएस ७७ रुपैयाँ ८९ पैँसा रहेको छ । त्यस्तै बुक भ्यालु अर्थात नेटवर्थ ३४७ रुपैयाँ ११ पैँसा रहेको छ ।
यसको नन पर्फाेमिङ लोन ३ प्रतिशत रहेको छ । यसको ओपनिङ रेञ्ज नै ३४७ रुपैयाँ ११ पैँसा देखी १ हजार ४१ रुपैयाँ ३३ पैँसा सम्म हुनेछ ।
यस लघुवित्तले जुलाई ४ तारिखमा सेबनमा निवेदन दिएको थियो । त्यसपछि सेबनले जुलाईको २३ तारिखमा आफ्नो पाइपलाईनमा राखेको छ । सेबनले लघुवित्तहरुलाई धेरै समय आफ्नो पाईपलाईनमा राख्ने गरेको छैन् ।
त्यसैले सम्भवत हामीले यो लघुवित्तको आईपीओमा यही आर्थीक बर्ष भित्रमा आवेदन दिन पाउनेछौँ ।
साथमा-न्यादी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने मिति तय भएको छ । न्यादीले असोज १५ गते अर्थात भाेलीबाट रु. २२ करोड ५० लाखको आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले १०० अंकित दरका कुल २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ।
कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ४५ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
बाँकी २० लाख ९२ हजार ५०० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
न्यादी हाइड्रोपावरको आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। यो आईपीओको निष्कासन बन्द छिटोमा असोज १९ गते र ढिलोमा असोज ३१ गते बैंकिङ समयपछि हुनेछ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थारु र तिनका शाखा कार्यालयका साथै मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।
कम्पनीले गत साउन ११ गते धितोपत्र बोर्डबाट आईपीओ निष्कासन अनुमति पाएको थियो।
सोहीअनुसार पहिलो चरणमा कम्पनीले गत भदौ १ गतेदेखि भदौ १५ गतेसम्म आयोजना प्रभावित लमजुङको मर्स्याङ्दी गाउँपालिकाका स्थानीय र लमजुङका अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाका लागि गरी १५ लाख कित्ता आईपीओ बिक्री गरिसकेको छ।
कम्पनीको यो आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।
कम्पनीले लमजुङ जिल्लामा ३० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ। प्रतिमेगावाट लागत अनुमान २० करोड ३९ लाख २५ हजार रहेको छ।
कुल लगानी अनुमान ६ अर्ब ११ करोड ७७ लाख रहेको छ। साधारण लगानी फिर्ता हुने अवधि ७.७३ वर्ष तथा डिस्काउन्टेड लगानी फिर्ता हुने अवधि १३.८२ वर्ष रहेको छ।

